एकै परिवारका नौं जनाको शव

         असार ७ ।गुल्मीको अग्लुङ्गमा विहिबार रातीको बाढि पहिरोमा परी मृत्यु भएका एकै परिवारका नौं जनाको शनिवार दिउँसो पाँच वटा शव बनाएर दाह संस्कार गरिएको छ ।अग्लुङ्ग गाविस वडा नम्वर ८ निपानेका ७० वर्षिय भविलााल कुँवर, उनकी ६३ वर्षिया श्रीमति चेती कुँवर, ३० वर्षिया बुहारी सिता कुँवर, १० वर्षिय नाती चेतमान कुँवर , ८ वर्षिया नातीनी विन्दु, ६ वर्षिया भिमा, ५ वर्षिया हरिकला , २ वर्षिया विपना कुँवर र ४० वर्षिया माईती आएकी छोरी जुठी विष्टको स्थानिय सिम्लेखोला घाटमा दाह संस्कार गरिएको हो ।त्यहाँबाट स्थानिय शिक्षक कृष्ण चन्दले दिएको जानकारी अनुसार ४ सन्तानलाई पाका मानिसहरुको शवमा गाफेर ५ वटा शव बनाई दाह संस्कार गरिएको छ । कुवँरका दुबै छोराहरु घरमा छैनन् । जेठा छविलाल भारतमा रोजगारी गर्दै थिए र घरको विपत्ती थाह पाउन साथ त्यहाँबाट हिडेका छन् । कान्छा छोरा लोकबहादुर कतारमा थिए । उनि पनि आईतवार काठमाण्डौ ओर्लेको चन्दले जानकारी दिए ।भविलाल दम्पत्ती जेठा छोरा लविलाल संग बस्दै आई रहेका थिए । कान्छा छोरा लोकबहादुर अलि तल छुट्टिएर बस्दै आएका थिए । त्यस दिन रोपाईबाट हजुर वुवा , हजुर आमा संग बुढो घरमा पछ्याउँदै बस्न आएकी लोकबहादुर की ६ वर्षिया छोरी भिमा पनि त्यस घटनामा परी मृत्यु भएकी छन् । अव त्यस परिवारमा जिवित भनेका उनै दुई भाई छोरा , कान्छी बुहारी राधीका र उनकी एक छोरी मात्र रहेका छन् । कान्छा छोराका श्रीमति सवै सन्तानको मृत्यु भएको छ ।स्थानियवासीका अनुसार एकै परिवारका ९ जनाको मृत्यु घटनाले त्यस गाउँमा बाढी पहिरोले पुराएको लाखौं मुल्य वरावरको भौतिक क्षति आझेलमा परेका छ। ४ भन्दा बढि घरधुरी उच्च जोखिममा छन् । घरबाट विस्थापितको संख्या बढ्दो छ । स्वर्गिय भविलालका दुई छोराहरुको बास छैन् ‘ प्रशासन र रेडक्रशले बाँडेको राहत साहनुभुति मात्रै भएको छ ’–स्थानिय शिक्षक कृष्ण चन्दले भने –‘ सरकारले विशेष राहत कार्यक्रम अग्लुङ्गमा नपारे यहाँका कैयौं परिवार विचल्लीमा पर्ने छन् । ’‘यहाँ गृह मन्त्री आउने कुरा थियो’– चन्दले भने–‘ सायद प्रतिकुल मौसमका कारणले होला आउनु भएन् । ’ अर्का स्थानिय युवा आशोक राउतका अनुसार आईतवार साँझ सम्म दुबै छोराहरु आउने आशामा कृयाक्रम सुरु भएको छैन् । घरमा चरम गरिवीका कारण दुबै भाई देश प्रदेश लागेका थिए । तर प्राकृतिक प्रकोपले उनिहरुको परिवारमा महाविपत्ती ल्याई दिएको छ । अग्लुङ्ग उत्तर पश्चिम गुल्मीको अन्तिम गाविसहो । सदरमुकाम तम्घासबाट अग्लुङ्ग ५२ किलो मिटरको दुरीमा पर्दछ । उद्धारमा गएका सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी फर्कि सकेका छन् । उच्च पहिरोलो जोखिममा परेका कैयौं घरधुरी त्रासमा बाँचेका छन् ।तस्वीरः दुई दुधे वालक गाडे पछि पाँच परिवारको एकै साथ दाह संस्कार गर्दै
एकै परिवारका नौं जनाको पाँच शव बनाएर दाहसंस्कारप्रेम सुनार गुल्मी, असार ७ ।गुल्मीको अग्लुङ्गमा विहिबार रातीको बाढि पहिरोमा परी मृत्यु भएका एकै परिवारका नौं जनाको शनिवार दिउँसो पाँच वटा शव बनाएर दाह संस्कार गरिएको छ ।अग्लुङ्ग गाविस वडा नम्वर ८ निपानेका ७० वर्षिय भविलााल कुँवर, उनकी ६३ वर्षिया श्रीमति चेती कुँवर, ३० वर्षिया बुहारी सिता कुँवर, १० वर्षिय नाती चेतमान कुँवर , ८ वर्षिया नातीनी विन्दु, ६ वर्षिया भिमा, ५ वर्षिया हरिकला , २ वर्षिया विपना कुँवर र ४० वर्षिया माईती आएकी छोरी जुठी विष्टको स्थानिय सिम्लेखोला घाटमा दाह संस्कार गरिएको हो ।त्यहाँबाट स्थानिय शिक्षक कृष्ण चन्दले दिएको जानकारी अनुसार ४ सन्तानलाई पाका मानिसहरुको शवमा गाफेर ५ वटा शव बनाई दाह संस्कार गरिएको छ । कुवँरका दुबै छोराहरु घरमा छैनन् । जेठा छविलाल भारतमा रोजगारी गर्दै थिए र घरको विपत्ती थाह पाउन साथ त्यहाँबाट हिडेका छन् । कान्छा छोरा लोकबहादुर कतारमा थिए । उनि पनि आईतवार काठमाण्डौ ओर्लेको चन्दले जानकारी दिए ।भविलाल दम्पत्ती जेठा छोरा लविलाल संग बस्दै आई रहेका थिए । कान्छा छोरा लोकबहादुर अलि तल छुट्टिएर बस्दै आएका थिए । त्यस दिन रोपाईबाट हजुर वुवा , हजुर आमा संग बुढो घरमा पछ्याउँदै बस्न आएकी लोकबहादुर की ६ वर्षिया छोरी भिमा पनि त्यस घटनामा परी मृत्यु भएकी छन् । अव त्यस परिवारमा जिवित भनेका उनै दुई भाई छोरा , कान्छी बुहारी राधीका र उनकी एक छोरी मात्र रहेका छन् । कान्छा छोराका श्रीमति सवै सन्तानको मृत्यु भएको छ ।स्थानियवासीका अनुसार एकै परिवारका ९ जनाको मृत्यु घटनाले त्यस गाउँमा बाढी पहिरोले पुराएको लाखौं मुल्य वरावरको भौतिक क्षति आझेलमा परेका छ। ४ भन्दा बढि घरधुरी उच्च जोखिममा छन् । घरबाट विस्थापितको संख्या बढ्दो छ । स्वर्गिय भविलालका दुई छोराहरुको बास छैन् ‘ प्रशासन र रेडक्रशले बाँडेको राहत साहनुभुति मात्रै भएको छ ’–स्थानिय शिक्षक कृष्ण चन्दले भने –‘ सरकारले विशेष राहत कार्यक्रम अग्लुङ्गमा नपारे यहाँका कैयौं परिवार विचल्लीमा पर्ने छन् । ’‘यहाँ गृह मन्त्री आउने कुरा थियो’– चन्दले भने–‘ सायद प्रतिकुल मौसमका कारणले होला आउनु भएन् । ’ अर्का स्थानिय युवा आशोक राउतका अनुसार आईतवार साँझ सम्म दुबै छोराहरु आउने आशामा कृयाक्रम सुरु भएको छैन् । घरमा चरम गरिवीका कारण दुबै भाई देश प्रदेश लागेका थिए । तर प्राकृतिक प्रकोपले उनिहरुको परिवारमा महाविपत्ती ल्याई दिएको छ । अग्लुङ्ग उत्तर पश्चिम गुल्मीको अन्तिम गाविसहो । सदरमुकाम तम्घासबाट अग्लुङ्ग ५२ किलो मिटरको दुरीमा पर्दछ । उद्धारमा गएका सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी फर्कि सकेका छन् । उच्च पहिरोलो जोखिममा परेका कैयौं घरधुरी त्रासमा बाँचेका छन् ।तस्वीरः दुई दुधे वालक गाडे पछि पाँच परिवारको एकै साथ दाह संस्कार गर्दै