कुबेतमा तलब विवाद



काठमाडौं : कुबेतमा न्यूनतम तलब विवादका कारण कामदार पठाउने कार्य अवरुद्ध हुन थालेको छ। कुबेतस्थित नेपाली दूतावासले कम्तीमा ७० केडी (कुबेती दिनार) भन्दा कम तलबमा कामदारको माग प्रमाणित गर्न छाडेपछि म्यानपावर व्यवसायीले कामदार पठाउन नसकिने दाबी गरेका छन्।

नेपाल सरकारले अहिलेसम्म आधिकारिक रूपमा कुबेत जाने कामदारको मासिक न्यूनतम तलब ६० केडी (करिब २१ हजार रुपैयाँ) नै तोकेको छ। सरकारले ६० केडीलाई न्यूनतम मानेकाले सोही रकमसम्ममा पठाउन पाउनुपर्ने म्यापनावर कम्पनीको माग छ। तर, कुबेतस्थित नेपाली दूतावासले भने बढ्दो महँगीका कारण ६० केडीमा अनुमति दिन नसकिने जनाएको छ। दूतावासले १० केडी बढाएमात्र कामदार लिन अनुमति दिने व्यवसायीलाई अवगत गराएको छ।

हवाई टिकटको भाडा बढेको, कुबेत कामदार पठाउने अन्य देशले समेत न्यूनतम तलब बढाएकाले अब न्यूनतम ७० केडी (करिब २४ हजार रुपैयाँ) भन्दा कममा कामदारको कोटा स्वीकृत नगर्ने अडान लिएपछि म्यानपावर कम्पनी र सरकारबीच दोहोरी चलेको हो। यसबाट जाने कामदार भने मारमा परेका छन्।

कुबेत कामदार पठाउने अन्य देशले समेत न्यूनतम तलब बढाएकाले अब न्यूनतम ७० केडी (करिब २४ हजार रुपैयाँ) भन्दा कममा कामदारको कोटा स्वीकृत नगर्ने अडान लिएपछि म्यानपावर कम्पनी र सरकारबीच दोहोरी चलेको हो।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >