स्मार्टफोन एपले यौनरोगको जोखिम


यौनसाथी खोज्नका लागि स्मार्टफोनमा सेक्स एपको प्रयोग गर्नेहरुमा यौन संक्रामक रोगको जोखिम बढ्ने एक अनुसन्धानले देखाएको छ ।
अमेरिकाको लस एन्जल्सका शोधकर्ताहरुले गरेको अनुसन्धानले सेक्स एप प्रयोग गर्ने समलिंगीहरुमा गोनोरिया तथा क्लेमाइडिया जस्ता यौनरोगहरुको प्रकोप अन्य माध्यम -भेटघाट वा अनलाइन) बाट यौनसाथी खोज्नेमा भन्दा बढि भएको देखाएको छ ।
यौनस्वास्थ्य विज्ञहरुका अनुसार प्रविधिले सेक्सका लागि अहिलेसम्मकै सबैभन्दा बढि अवसर सिर्जना गरेको छ ।
सुरक्षित सेक्सका लागि उपयोगी भन्दै स्मार्टफोनमा विभिन्न खाले एप्स उपलब्ध छन् । ती मध्ये गि्रन्डर नाम एप निकै चर्चित छ र एप निर्माताले गि्रन्डरले सुरक्षित सम्भोगलाई प्रबर्धन गर्ने दाबी गर्छन् । तथापि अनुसन्धानकर्ताले भने एप निर्माताको त्यस्तो दाबी तर्कसँगत नभएको बताएका छन् । त्यस्तै स्क्रफ नामक एप पनि सम्भोग एपका रुपमा रहेको छ ।
यस्ता एपहरुले आफ्नो यौन पार्टनरलाई खोज्नको लागि स्मार्टफोन बोकेको यौनसाथी कहाँ छ ? भन्ने कुरा पत्ता लगाउन सहयोग पूराउँछन् । त्यसक्रममा उनीहरुले लस एन्जल्सको समलिंगी क्लिनिकमा आएका ७ हजार १ सय ८४ जना मानिसलाई प्रश्नावली भराएका थिए ।
उक्त अध्ययनका क्रममा के पाइयो भने सम्भोगका लागि यौनपार्टनर खोज्नका लागि एपको प्रयोग गर्नेहरुमा क्लब तथा वेबसाइट प्रयोग गर्नेमा भन्दा गोनोरियाको जोखिम २३ प्रतिशत र क्लेमाइडियाको जोखिम ३५ प्रतिशत बढि पाइयो । यद्यपि एड्सको जोखिममा भने कुनै फरक देखिएन ।
रिपोर्टमा प्रविधिले सेक्स तथा यसको मागलाई पुनर्परिभाषित गरेको छ । एप जस्ता पछिल्लो प्रविधिले सेक्स पार्टनर खोज्न सजिलो हु्नुका साथै यस्ता यौनभोगीहरुको संजाल बन्ने र विभिन्न खाले यौन संक्रमणको जोखिम बढ्ने रिपोर्टमा उल्लेख छ । प्रविधिका कारण मानिसलाई सेक्स पार्टनर छिटोछिटो फेर्न तथा धेरै सेक्स पार्टनर सहजै खोज्न सम्भव हुन्छ जसका कारण यौन संक्रमणको लागि राम्रो वातावरण बन्दछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >