अर्जेन्टिनाका खेलाडी बसेको होटलमा नेपालीले देखाए खुकुरी

१ असार, काठमाडौं ।
अर्जेन्टिनाका खेलाडी र नेपाली एउटै होटलमा बसेको र त्यो माथि नेपालीले खुकुरी देखाएको घटना भन्दा धेरैलाई पत्याउन कठिन होला ? तर केही बर्ष पुरानो घटनालाई ताजा बनाउने हो भन्ने यस्तै एउटा रोचक तथ्य पढ्न पाइन्छ ।

अर्जेन्टिना र इङल्याण्डवीच फकल्याण्ड युद्ध भएको केही बर्षपछि मलेसियामा मर्डेका कप फुटवल भएको थियो । त्यतिवेला नेपाली टोली पनि त्यही फुटवल खेल्न गएका थिए । अर्जेन्टिनाको एउटा क्लव व्युनर्स आयर्सको टीम पनि त्यहां थियो ।

इतिहास भन्छ—नेपाली खेलाडी र अर्जेन्टिनाका खेलाडीसंगै विमान यात्रामा थिए । अर्जेन्टिनाका खेलाडी अगाडी गएर नेपाली खेलाडी सुरेश पन्थीले भनेछन्—हामी त गोर्खाली । उनले त्यसो भन्नुको कारण चाहि के बर्षअघि इङल्याण्डलाई विश्वकपमा हराउंदा म्याराडोनाले भनेका थिए रे—धन्न त्यो दिन टीममा गोर्खाली थिएनन् ।

संगै विमानमा भएका दुवै टीमका खेलाडीलाई एउटै होटलमा राखिएछ । होटलको लबीमा नेपाली खेलाडी सुरेश पन्थीले नै अर्जेन्टिनी खेलाडी अगाडी टलक्क टल्केको खुकुरी देखाएछन् । उनले फेरि भनेछन्—हामी त गोर्खाली । खासमा त्यो खुकुरी उपहार दिन लगिएको रहेछ । तर उनले त्यहां किन देखाए पत्तो भएन । अर्जेन्टिनाका खेलाडीलाई तर्साउन पो गरेका थिए की केही जानकारीमा छैन ।

पछि त्यो खेलमा अर्जेन्टिनाको टीमले नेपाली टीमलाई २—० ले हराए । नेपाली खेलाडीले राम्रै खेलेछन् । हारेपनि खुशी मनाएर फर्किएछन् । इतिहासका यस्ता घटना रोचक लाग्न सक्छन्, त्यसैले हामीले यहां प्रस्तुत गरेका हौं 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >