पर्यटकमाथि ठमेलमा ‘सामुहिकबलात्कार’

काठमाडौं,असार७–एक अमेरिकी महिला पर्यटकले आफूमाथि ‘सामुहिक बलात्कार’ भएको भन्दै उजुरी दिएपछि प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
ठमेलको नर्सिङ चोकस्थित होटल ग्लोवलमा करिव ४० वर्षीया ती महिलामाथि बलात्कार भएको हो । मदिरा सेवन गरेका बेला आफूमाथि तीनजनाले बलात्कार गरेको भन्दै उनले उजुरी दिएकी थिइन् ।
उजुरीका आधारमा प्रहरीले धादिङ घर भइ ठमेल बस्ने गुणराज दवाडी र उनका साथी रामेछाप घर भएका संजय लामालाइ पक्राउ गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । अन्य दुई जना फरार छन् । मदिराले मात्तिएका बेला आफूमाथि बलात्कार भएको ती महिलाको दाबी छ ।
पक्राउ परेका दवाडी ठमेलस्थित नर्सिङ स्नुकर हाउसका सञ्चालक हुन् । ती अमेरिकी महिलासँग उनको करिब दुई महिनाअघि देखि चिनजान थियो । आफुहरुबीच पहिला पनि शारिरीक सम्बन्ध रहेको दुबै जनाले स्वीकारेका छन् ।
गत ज३१ जेठको बेलुकी उनी गुणराजलाई भेट्न स्नुकर हाउस पुगेकी थिइन् । उनीहरुले त्यही बसेर वियर पिउँदै स्नुकर खेलेका थिए । त्यहाँ गुणराज र महिला एउटा कोठामा तथा अन्य तीन युवा अर्को कोठमामा सुतेका थिए ।
होटलमा केही समय बसेर आफु बेलुकै घर फर्किएको गुणराजको भनाई छ । उनी गएपछि अर्को कोठामा सुतेका उनका साथीले आएर बलात्कार गरेको अमेरिकी महिलाको दावी छ ।
पक्राउ परेका दुबै जनालाई जर्वजस्ती करणी मुद्दामा अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए ।